हेटौंडा । नेकपा (एमाले) बागमती प्रदेश सरकारबाट बाहिरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बागमती प्रदेश सभाबाट शुक्रबार विश्वासको मत लिनेक्रममा एमाले बागमती प्रदेश संसदीय दलका नेता एवं आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले मुख्यमन्त्री जम्कट्टेललाई संयुक्त राजीनामा पत्र बुझाएका थिए ।

एमालेका मन्त्रीको संयुक्त राजीनामा प्रदेश सभा बैठक चलिरहेकैबेला मुख्यमन्त्रीले बुझेका थिए । प्रदेश सरकारमा थपलियासहित केशवप्रसाद पोखरेलले कृषि तथा पशुपन्छी विकास मन्त्रालय, रामेश्वर श्रेष्ठले स्वास्थ्य मन्त्रालय, एकालाल श्रेष्ठले श्रम, रोजगार तथा यातामन्त्री रहेका थिए ।

गत पुस २६ गते थपलिया आर्थिक मामिला तथा योजनामन्त्री र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उद्धब थापा बिनाविभागीय मन्त्रीमा नियुक्त भएका थिए । यस्तै, माघ ११ गते माओवादी केन्द्रका तीन, एमालेका तीन र राप्रपाका दुई मन्त्री थपगरी मन्त्रिमण्डल पूर्णता दिएका थिए ।