हेटौंडा । मकवानपुर प्रहरीले लागुऔषध गाँजा ढुवानी गर्दै गरेको ट्रकसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलाश गाउँपालिका–९, नामटार बस्ने ३० वर्षीय शुबचन्द्र भोम्जन रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

बिहिबार राति ११ बजेर ४५ मिनेटको समयमा हेटौंडा–१५, रातोमाटे चेकपोष्ट नजिक पुर्व पश्चिम सडक खण्डमा चितवनबाट पुर्व राजबिराज तर्फ जाँदै गरेको ना ६ ख ३०२१ नम्बारको डिब्बा ट्रकलाई सुरक्षा जाँच गर्दा लागुऔषध गाँजा फेला परेको हो ।

ट्रकको पछाडिको भागमा लुकाई–छिपाई ल्याएको ६ भारी मध्ये एक भारीमा दुई पोका लागुऔषध गाँजा १ सय ४४ किलो फेला पारि नियन्त्रण्मा लिएको प्रहरीेले जानकारी दिएको छ । लागुऔषध गाँजा, ट्रकसहित भोम्जनलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।