हेटौंडा । नेकपा एमालेप्रति देशीविदेशी प्रतिक्रियावादीको घेराबन्दीमा रहेकोले कार्यकर्ता पंक्ति एकजुट भएर सामना गर्नुपर्ने नेकपा एमाले केन्द्रीय स्थाई कमिटीका सदस्य तथा बाग्मती प्रदेश कमिटी ईञ्चार्ज काशिनाथ अधिकारीले बताएका छन ।

नेकपा एमाले, मकवानपुरको पार्टी केन्द्रद्वारा सञ्चालित मिसन ग्रासरूट, पार्टी संगठन तथा सुदृढीकरण अभियान–२०७९ को समीक्षा बैठकमा उनले बलियो संगठन र जनताको समर्थनमा सबै एमालेप्रतिका षडयन्त्रलाई चिर्दै राष्ट्र र जनताको हितमा दृढ भएर नेकपा एमाले उभिने बताए । अबको हरेक निर्वाचन र प्रतिस्पर्धामा पहिलो र बहुमतमा आउनको लागि अभियान सञ्चालन गरेको प्रष्ट पारे ।

अभियानले पार्टी पंक्तिलाई जिल्लाव्यापी चलायमान गरेको, पार्टीको जिल्ला, पालिका र विशेष ईलाका कमिटी, वडा कमिटी र जनसंगठनको जिल्ला कमिटीको वैठक बस्ने, अभियानसम्बन्धि योजना बनाउने, अवधि पुगेका कमिटीको अधिवेशन र पुनःगठन भईरहेको, पार्टी सदस्यता नवीकरण, नयाँ पार्टी सदस्यता विस्तार कार्य सञ्चालन भईरहेको, तहगत संगठन र कार्यकर्ताबीचका अन्तरविरोधहरू न्यूनीकरण भएको, नेता र कार्यकर्ता, कार्यकर्ता र जनताबीचको सम्बन्ध सुदृढ भएको, पार्टी संगठनलाई बलियो र व्यवस्थित बनाउन बल पुगेको बैठकले निष्कर्ष निकालेको जिल्ला कमिटीका सचिव नवीन सिग्देलले बताए ।

पार्टी केन्द्रद्वारा सञ्चालित मिसन ग्रासरूट, पार्टी संगठन सुदृढीकरण तथा विस्तार अभियान–२०७९ बैठकमा अभियानका केन्द्रीय प्रतिनिधिहरू देवि ज्ञावली (मनहरी, राक्सिराङ्ग, कैलाश र पेशागत ईलाका), पार्वत गुरूङ्ग (हेटौँडा उपमहानगरपालिका), खेम लोहानी(ईन्द्रसरोवर र थाहा), बालिका गिरी (गढी र भीमफेदी), कमलजंग राई (बकैया र बाग्मती), प्रदेश कमिटीका सदस्यहरू, पालिका ईन्चार्ज तथा अध्यक्षहरूले बैठकमा समीक्षात्मक रिपोर्टिङ्ग जिल्ला सचिव सिग्देलले बताए । जिल्ला कमिटीका अध्यक्ष एकालाल श्रेष्ठको सभाध्यक्षतामा बसेको बैठकमा केन्द्रीय कमिटी सदस्य जुनेली श्रेष्ठ, केन्द्रीय सल्लाहकार परिषद् सदस्य डोरमणि पौडेल तथा बाग्मती प्रदेश कमिटीका अध्यक्ष केशव पाण्डेलगायतको उपस्थिति रहेको थियो ।