हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको आयोजनामा उपमहानगरपलिकामा रहेका सहकारीका ब्यवस्थापक तथा लेखापालहरुका लागि दुई दिने कोपोमिस तालिम शुरु भएको छ ।

तालिम उद्घाटन गर्दै प्रमुख अतिथि बागमती प्रदेश सहकारी विकास बोर्डका उपाध्यक्ष नारायण प्रसाद देबकोटाले सहकारी संस्थाको आर्थिक गतिबिधिलाई पारदर्शी बनाउन कोपोमिस तालिम प्रभावकारी हुने बताए । तालिम उद्घाटनको क्रममा प्रमुख अतिथि देबकोटाले तालिमबाट सिकेका ज्ञानलाई ब्यवहारमा उतार्न अनुरोध गरे ।

तालिम उद्घाटन कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघ मकवानपुरका अध्यक्ष कल्पना श्रेष्ठ, प्रशिक्षक किरण पौडेल, हेटौंडा उपमहानगरपालिका सहकारी शाखा प्रमुख हिम शर्मा पौडेलको आतिथ्यता रहेको थियो । तालिममा हेटौडा उपमहानगरपालिकामा रहेका बिभिन्न सहकारी संस्थाका ब्यवस्थापक तथा लेखापालहरुको सहभागिता रहेकोछ ।

हेटौंडा उपमहानगरपालिकामा २ सय २५ वटा सहकारी संस्थाहरु रहको हेटौंडा उपमहानगरपालिका सहकारी शाखा प्रमुख पौडेलले बताए । हालसम्म ३ चरणमा कोपोमिस तालिम सञ्चालन गरिएको र सबै सहकारीका कर्मचारीहरुलाई कोपोमिस तालिम दिने लक्ष्य रहेको समेत पौडेलले बताए ।

राज कुमार के.सी.
थप जानकारी