एजेन्सी । चिनियाँ अर्बपति ज्याक मा लामो समयपछि सार्वजनिक कार्यक्रममा देखा परेका छन । सन् २०२० मा चीनको आर्थिक नियामकहरूको आलोचना गरेपछि सार्वजनिक कार्यक्रममा कमैमात्र देखिए मा हाङ्जाउको विद्यालयमा देखा परेका हुन ।

चिनियाँ कम्पनी अलि बाबाका संस्थापक ज्याक मा केही समयअघि मात्रै चीन फर्केकाे साउथ चाइना मर्निङ पोस्टलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । उनी एक वर्षभन्दा बढी समयदेखि विभिन्न देशको भ्रमणमा रहेकाे चाइना मर्निङ पोस्टले जनाएको छ ।

चीनमा सरकारले प्राविधिक उद्यमीहरूमाथि कडाइ गर्न थालेपछि बेपत्ता हुनेमा ज्याक मा सबैभन्दा उच्च प्रोफाइल अर्बपति हुन । ज्याक मा लामो समय सार्वजनिक हुन नसक्नुको कारण भने अहिलेसम्म सार्वजनिक भएको छैन ।