हेटौंडा । मकवानपुरको बामगमती गाउँपालिकामा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ ।

मोटरसाइकलको ठक्करबाट बकैया गाउँपालिका वडा नम्बर ८ खजुरीदमारका ५० बर्षीय दिलबहादुर स्याङतानको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जनाकारी दिए ।

स्याङतानलाई बुधबार बिहान बागमती गाउँपालिका ८ साततले राजबास पुल स्थित हेटौंडा–फापरबारी सडकखण्डमा फापरबारीबाट हेटौंडातर्फ आउँदै गरेको बा २५ प १९०८ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो ।

उनलाई उपचारको लागी हेटौंडा अस्पतालमा ल्याइएकोमा डाक्टरले मृत घोषणा गरेका थिए । ठक्कर दिने मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको र फरार रहेका मोटरसाइकल चालकको भने खोजी भइरहेको प्रहरीले जनाएको छ ।