हेटौंडा । हेटौंडाका लोकप्रिय गायक कमल के क्षेत्रीको आवाजमा रहेको मन बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

राम नवमीको अवसरमा म्यूजिक भिडियो कमल के क्षेत्रीको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । हेटौंडा उपमहानगरपालिका वडा नं. १७ मा रहेको पर्यटकीय क्षेत्र जुरेथुममा छायाँङकन गरिएको यस भिडियोमा अध्यात्म र पर्यटनलाई जोडिएको छ । यहाँ श्रीकृष्ण भगवानको पूर्ण कदको ५२ फिट अग्लो मूर्ति रहेको छ ।

म्यूजिक भिडियो ४ मिनेट ३० सेकेन्डको रहेको छ । यस गितमा मान्छेको मनको अवस्थालाई चित्रण गरिएको छ । म्युजिक भिडियोमा गायक कमल के क्षेत्री अभिनय गरेका छन् । साधु सन्तनुदासको शब्द तथा सुजिल कर्मचार्यको संगीत संयोजन रहेको यो भिडियो सन्दिप न्यौपानले छायाङकन गरेका हुन ।

यसअघि कमल के क्षेत्रीले “आई लव यु ‘नाचन’, ‘तिम्रै मायाँले’, ‘पिपल पाते’, ‘मेरो माया’जस्ता चर्चित गीत बजारमा ल्याइसकेका छन् । उनी नेपाली गायक, संगीतकार र गीतकार हुन् ।