हेटौंडा । चित्लाङ हुँदै काठमाडौं जाने चित्लाङ -चन्द्रागिरी-थानकोट सडक दैनिक १२ घण्टा बन्द भएको छ ।थाहा नगरपालिका ९ नम्बर वडा कार्यालयले सूचना जारी गर्दै सडक बन्द भएको जनाएको हो ।

सूचनामा थाहा नगरपालिका वडा नम्बर ९ चित्लाङ्ग अन्तर्गत रहेको चित्लाङ-चन्द्रागिरी-थानकोट सडक (गणेशमान सिंह मार्ग) को स्तरोन्नतिका लागि मंगलबारबाट बन्द भएको जनाइएको छ ।

मर्मत सम्भार कार्य जारी रहेकोले अर्को सूचना जारी नभएसम्मका लागि बेलुका ६ बजेदेखि विहान ६ बजेसम्मको लागि सडक बन्द रहने सूचना प्राप्त भएको हुँदा सम्बन्धित सरोकारवालाहरुका लागि सूचना जारी गरेको वडा अध्यक्ष राजकुमार बलामीले जानकारी दिए ।