हेटौंडा । हेटौंडाको बुद्धचोकमा मोटरसाइकललाई ठक्कर दिने प्रहरी भ्यान चालक निलम्बनमा परेका छन् । निलम्बनमा पर्ने प्रहरी जवान विवेक नेपाली रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उरिक्षक एवम् प्रवक्ता टेक बहादुर कार्कीले जानकारी दिए ।

नेपालीले मादक पदार्थ सेवन गरी भ्यान चलाएर दुर्घटना गराएकाले निलम्वन गरिएको हो । नेपालीलाई ६ महिनाको लागि निलम्वन गरिएको छ । नेपाली एक बर्षदेखि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा कार्यरत छन् ।

बुधबार साँझ तीव्र गतिमा भ्यानचालाई विपरित दिशामा पुगेर मोटरसाइकललाई ठक्कर दिएर दुर्घटना गराएका थिए । भ्यानको ठक्करबाट हेटौंडा–४, गर्दोईका ४९ बर्षीय सुरेश बज्राचार्य र हेटौंडा–५, पिप्लेका ४१ बर्षीय मधु अर्याल घाइते भएका थिए । बज्राचार्य र अर्यालको हेटौंडा अर्थोपेडिक अस्पतालमा उपचार भइरहेको छ ।