

हेटौंडा । मकवानपुरको बागमती गाउँपालिका वडा नं. ८ शान्तिपुर स्थित धरान चतरा सडक खण्डमा अटो दुर्घटना हुँदा पाँच जना घाइते भएका छन ।
फापरबारीबाट पाथिभारा तर्फ बास बोकी जाँदै गरेको पैदल यात्री स्थानीय ६२ को गोबिन्द राईले पछाडी तिर हेरन्ने क्रममा सोही दिशा तर्फ जाँदै गरेको ना २ ह १०६८ नम्बरको अटोको लुकिङ गलासमा बास लाग्न गई अटो दुर्घटना हुँदा अटोमा सवार पाँच जना व्यक्तिहरु घाइते भएका हुन ।
सवारी दुर्घटनामा बास बोक्ने बामगती–८ शान्तिपुरका ६२ बर्षीय गोबिन्द राईको टाउकोमा भित्री चोट, अटो चालक बागमती–८ ठोटरी खोला बस्ने ३१ बर्षीय महेन्द्र लामाको हात,खुट्टामा चोट, अटोमा सवार सिन्धुली गुर्जीघन्टे पितलमाडी गाउँपालिका ३ बस्ने ३० बर्षीय राधिका गोलको दुवै हात, खुट्टामा चोट, ६८ बर्षीय जुगु माया गोलेको दाहिने हातमा भित्री चोट,मुखमा चोट र मकवानपुर बागमती–४ करौजे ठुलो गुर्दुङ बस्ने ६५ बर्षीय बुद्धी मान दोङ–दाहिने हातको कुममा चोट लागेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
उनीहरुको उपचारको लागी स्थानिय क्लिनिक झुरझुरे पठाएको छ भने अटो प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक टेक बहादुर कार्कीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्