हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नं. ४ स्थित लोकतान्त्रिक चौर (हुप्र) मा वृहत सरसफाइ अभियान सुरु गरिएको छ । ४ नं. वडा कार्यालयको आयोजनामा आज हुप्र चौरमा सरसफाइ गरिएको हो ।

‘हाम्रो हुप्र, राम्रो हुप्र– सफा हुप्र, सुन्दर हुप्र’ भन्ने मुल नाराका साथ औपचारिक कार्यक्रमको आयोजना गरि हुप्र सरसफाइ अभियानको थालनी गरिएको थियो । सरसफाइ अभियानमा टोल विकास संस्थाहरू, जिल्ला खेलकुद विकास समिति, विभिन्न खेलकुद संगठनहरू, सामाजिक अभियान सञ्जाल, हेटौँडा ४, गैर सरकारी संस्थाहरू, रोटरी, लायन, जेसीज, पताञ्जली योग समिति, मकवानपुर, हिमालयन राइटस्, भेटान्स क्लब लगायतका संस्थाहरूको सहयोगमा सरसफाइ कार्यक्रम भएको ४ नं. वडा अध्यक्ष नवीन सिग्देलले बताए ।