हेटौंडा । सामुदायिक वन उपभोक्ता महासंघ, बागमती गाउँपालिकाको दोश्रो अधिवेशन सम्पन्न भएको छ ।

अधिवेशनले दल बहादुर राइको अध्यक्षतामा सामुदायिक वन उपभोक्ता महासंघ, स्थानीय महासंघ बागमती गाउँपालिका सर्वसम्मतरुपमा चयन गरेको छ । उपाध्यक्षमा राममाया थोकर, सचिवमा मेनुका थापा र कोषाध्यक्षमा बासुदेव गोले चयन भएका छन । जिल्ला प्रतिनिधीमा पुरुष तर्फ दल बहादुर राई, सन्त बहादुर थिङ, बासुदेव गोले र महिला तर्फ राधिका तिमल्सिना, निर्मला राई र धनमाया स्याङतान चयन भएका छन । प्रदेश प्रतिनिधीमा पुरुष तर्फ खेमराज जर्घा, चिज कुमार परियार, पञ्चलाल भोलन, कुल बहादुर राई र महिला तर्फ रुकु तिमल्सिना, धनमाया स्याङतान, हरिमाया पाख्रिन र राधिका तिमल्सिना चयन भएका छन ।

अधिवेशनको उदघाटन गर्दै बागमती गाउँपालिका अध्यक्ष सर्केस घलानले सामुदायिक वनले वनको क्षेत्रमा उल्लेखनीय काम गरेको बताउदै वन समूहले आथिक उपार्जनमा महत्वपूर्ण योगदान गरेको बताए । उनले सामुदायिक वनले आर्थिक अभिलेखीकरण, पारदर्शीताका साथै वनडढेलो नियन्त्रणमा आफना गतिविधीहरुलाई क्रियाशिल बनाउन आग्रह गरे ।

नेपालको संविधानलाई पार्टीहरुले ठीक ढंगबाट प्रयोग नगरेकै कारण संविधान विरोधी शक्तिहरु बढ्दै गएकोमा चिन्ता ब्यक्त गर्दै अध्यक्ष घलानले भने संविधान बनाउने पार्टीहरु मिलेर जानु पर्छ ।

अधिवेशनमा गाउँपालिकाका उपाध्यक्ष फणिन्द्र प्रसाद तिमल्सिना बागमती गाउँपालिकाकी निवर्तमान उपाध्यक्ष हर्कमाया स्याङतान, सामुदायिक वन उपभोक्ता महासंघ, बागमती प्रदेशका सचिवालय सदस्य रामहरि चौलागाई, मकवानपुर जिल्ला अध्यक्ष साधुराम चौलागाई, स्थानीय महासंघ हेटौडाका अध्यक्ष शम्भु प्रसाद न्यौपाने, रानी सामुदायिक वनका कार्यालय सचिव भीमसेन पौडेल, स्थानीय समाजसेवी खेमराज जर्घा, विभिन्न सामुदायिक वनका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

भीमसेन पौडेल
थप जानकारी