हेटौंडा । सामुदायिक वन उपभोक्ता महासंघ, भीमफेदी गाउँपालिकाको दोश्रो स्थानीय अधिवेशन सोमवार भीमफेदीमा सम्पन्न भएको छ ।

अधिवेशनको बन्दसत्रले शिवराज जिम्बाको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । समितिको उपाध्यक्षमा रमेश कुमार थिङ, सचिवमा लक्ष्मी पुडासैनी र कोषाध्यक्षमा मखमली राना चयन भएका छन ।

जिल्ला प्रतिनिधिमा महिला तर्फ लक्ष्मी पुडासैनी, गोरीमाया लामा, विष्णुकुमारी थापा र पुरुष तर्फ भीम बहादुर घिसिङ, मनोज थापा र पूर्ण बहादुर स्याङतान चयन भएका छन ।
यसैगरि प्रदेश प्रतिनिधिमा महिला तर्फ पञ्चमाया स्याङतान, शर्मिला महत, देवी लोप्चन र पुरुष तर्फ नवराज रायमाझी, सीताराम रुम्बा र शिवराम रुम्बा चयन भएका छन ।

अधिवेशन भीमफेदी गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष सोम बहादुर घलानको प्रमुख आतिथ्यता एवम फेकोफन स्थानीय महासंघ, भीमफेदीका अध्यक्ष शिवराज जिम्बाको अध्यक्षतामा भएको थियो ।

अधिवेशनमा सामुदायिक वन उपभोक्ता महासंघ, मकवानपुरका अध्यक्ष साधुराम चौलागाई, स्थानीय महासंघ, हेटौडाका अध्यक्ष शम्भु प्रसाद न्यौपाने, भीमफेदी गाउँपालिका वडा नं. ५ का वडा सदस्य रिता कुमारी मगर, सामुदायिक वन उपभोक्ता महासंघ, मकवानपुरकी निवर्तमान अध्यक्ष पञ्चमाया स्याङतान,सल्लाघारी सामुदायिक वनका अध्यक्ष तिलक प्रसाद रेग्मी,रानी सामुदायिक वनका कार्यालय सचिव भीमसेन पौडेल ,महासंघकी सहतकर्ता सन्ध्या शिवाकोटी, स्थानीय महासंघका प्रतिनिधि लगायतकाको सहभागिता थियो । अधिवेशनमा भीमफेदी गाउँपालिका क्षेत्रभित्र रहेका १३ वटा सामुदायिक वनका प्रतिनिधिहरुको सहभागिता थियो ।

भीमसेन पौडेल
थप जानकारी