काठमाडौं । दोल्ती पावर कम्पनी लिमिटेडले चैत्र २८ गतेदेखि बैशाख ३ गतेसम्म निष्काशन खुला गरेको आईपीओ आज दिउँसो बाँडफाँट भएको छ ।

बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटको कार्यालयमै आईपीओ बाँडफाँट गर्ने तयारी गरिएको हो ।

सर्वसाधारणका लागि छुट्याइएको आईपीओ १ लाख २७ हजार १ सय ८२ जनाले १०-१० कित्ता र ६ जनाले ११-११ कित्ताका दरले पाएका छन् ।

लगानीकर्ताले बिक्री प्रबन्धक एनआईसी  एसिया क्यापिटलको वेबसाइट www.nicasiacapital.com र मेरोसेयर एकाउन्ट बाट आइपीओको नतिजा हेर्न सक्नेछन् । सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np/  र कम्पनीको वेबसाइट https://doltipower.org.np/  बाट पनि रिजल्ट हेर्न सकिने जनाइएको छ । त्यस्तै, शेयरहब एपबाट पनि आईपीओको नतिजा हेर्न सकिन्छ ।

कम्पनीले सर्वसाधारणका लागि १२ लाख ७१ हजार ८ सय ८६  कित्ता आईपीओ निष्काशन गरेको थियो ।  कम्पनीले यसअघि नै आयोजना प्रभावित स्थानीय, वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिक र कम्पनीका कर्मचारीमा शेयर बाँडफाँड गरिसकेको छ । सामुहिक लगानी कोष योजनाको लागि भने ६८ हजार १७ कित्ता शेयर सुरक्षित गरिएको छ ।

उक्त कम्पनीले दैलेखमा ४.८ मेगावाटको पदम खोला साना जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ ।