हेटौंडा । हेटौंडा–६, चौघडामा रहेको बंशगोपाल माध्यमिक विद्यालयको १७ औं अभिभावक भेला शुक्रवार भएको छ ।

भेलालाई सम्वोधन गर्दै बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानले बंशगोपाल मावि मकवानपुरको पूर्वी क्षेत्रको शैक्षिक धरोहर रहेको बताईन । मन्त्री मोक्तानले सामाजिक विकास मन्त्रालय शैक्षिक क्षेत्रको विकासका लागि सदैव क्रियाशिल रहेको र अव मन्त्रालयले प्राविधिक शिक्षा र ब्यवसायिक शिक्षामा काम गर्ने बताईन ।

भेलामा विद्यालय ब्यवस्थापन समिति अध्यक्ष श्याम प्रसाद श्रेष्ठले विद्यालयको ५ वर्षे कार्ययोजना सार्वजनिक गर्दै विद्यालयलाई ५ वर्ष भित्र सुविधा सम्पन्न विद्यालय बनाउने र प्राविधिक, ब्यवसायिक र रोजगारमुलक शिक्षामा जोड दिने बताए । अभिभावक भेलामा विद्यालयका प्राचार्य रमेश प्रसाद लामिछानेले विद्यालयको शैक्षिक, आर्थिक तथा भौतिक प्रतिवेदन पेश गरेका थिए ।

अभिभावक भेलामा हेटांैडा–६ का वडा अध्यक्ष विष्णु बहादुर दाहाल, वडा सदस्य लेखराज ढकाल, मुना विश्वकर्मा, शिक्षा विकास समन्वय ईकाइ मकवानपुरका प्रमुख दिनानाथ गौतम, भूमि आयोग मकवानपुरका सदस्य अर्जुन प्रसाद चौलागाई, नेपाल पत्रकार महासंघ, बागमती प्रदेशका उपाध्यक्ष रुपेश दुलाल, नेपाल पत्रकार महासंघ, मकवानपुर शाखा अध्यक्ष मणीराज गौतम, नेपाली काँग्रेस, हेटांैडा–६ का सभापति रामहरि तिमल्सिना, नेकपा एमाले हेटौडा–६ का अध्यक्ष विश्वराज राई, राप्रपा हेटौंडा–६ का अध्यक्ष केदार राई, विद्यालयका पूर्व अध्यक्ष त्रिविक्रम मानन्धर, ध्रुव प्रसाद सञ्जेल, न्यूरेनी चिसापानी सामुदायिक वनका अध्यक्ष ज्ञान बहादुर क्षेत्री, रानी सामुदायिक वनका उपाध्यक्ष केशव धिताल, अभिभावक नानीमाया रुम्बा, दामोदर धिताल, विद्यार्थी रोजी सुवेदी, शिशिर दुलाल, शिक्षक शिक्षिका, विद्यार्थी लगायतको सहभागिता रहेको थियो ।

भेलामा कक्षा १ देखि कक्षागतरुपमा प्रथम, द्धितीय र तृतिय हुने विद्यार्थीहरुलाई कपी, कलम र विषयगत पुस्तक प्रदान गरिएको थियो । मकवानपुरको पूर्वी क्षेत्रको शैक्षिक धरोहरको रुपमा रहेको यो विद्यालयमा प्राविधिक श्क्षिालयमा समेत गरि करिव १ हजार १ सय विद्यार्थीहरु अध्ययनरत रहेको विद्यालय प्रशासनले जनाएको छ ।

भीमसेन पौडेल
थप जानकारी