हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिकामा आज बेलुकी साँढे आठ बजे ट्याक्टर दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । घटनामा दुईजना घाइते भएका छन् ।

मृत्यु हुनेमा मनहरी गाउँपालिका वडा नम्बर ३ हाँडीखोलाका २४ वर्षीय राजकुमार प्रजा, ३० वर्षीय वीरमान रुम्बा र २० वर्षका प्रवीण प्रजा छन् । उनीहरूको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसपी टेकबहादु कार्कीले जानकारी दिए ।

यस्तै, दुर्घटनाम परी सोही स्थानका अन्दाजी २४ वर्षीय अमृत प्रजा र ४५ वर्षीय जोखलाल प्रजा घाइते भएका छन् । उनीहरूको चुरेहिल अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरी प्रवक्ता कार्कीका अनुसार मधेश प्रदेश ०३–००१ त ७१८८ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकमा पल्टिँदा पाँचजना घाइते भएका थिए ।