हेटौंडा । मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर ५ का गहिराम प्रजाको दुई वटा घर जलेर नष्ट हुँदा १० लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।

मंगलबार बिहान ११ बजेको समयमा प्रजाको काठ र खरले बनेको १ तले घरमा अचानक आगलागी हुदाँ १० लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेक बहादुर कार्कीले जानकारी दिए ।

प्रजाको घरभित्र रहेको ३ लाख रुपैयाँ नगद, लत्ता–कपडा, अन्नपात, गर–गहना र मौरीको घार ७० वटा जलि नष्ट भएको प्रवक्ता कार्कीले बताए । आगलागी दिउँसो ४ बजेपछि मात्र स्थानीयहरुले निभाएको थियो । आगलागी हुँदा मानवीय क्षति भने नभएको जनाएको छ ।