काठमाडौं । अप्पर स्याङ्गे हाइड्रोपावर कम्पनीले आइपीओ निष्काशन लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमति पाएको छ ।

बोर्डबाट अनुमति पाएसँग कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई गरी ८ लाख ७० हजार कित्ता आईपीओ बिक्री गर्ने तयारी शुरु गरेको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ ।

कम्पनीले लमजुङको मर्स्याङ्दी गाउँपालिका ४ स्थित स्याङ्गे नदीमा २.४ मेगावाट क्षमताको हाइड्रोपावर आयोजना संचालन गरिरहेको जनाएको छ ।