quotes frame box icon isolated 3d render illustration

म आम विद्यार्थी । यहाँहरु माझ मैले अनुभव गरेको एउटा बिषय बाँड्न चाहे । म मकवानपुर जिल्लाको एक सामाजिक अभियन्ता हूँ । सामाजिक अभियन्ता भइराख्दा विभिन्न तालिम तथा कार्यक्रमहरु संचालन गर्ने अवसर पाए । त्यसै क्रममा मैले एउटा सुनौलो अवसर प्राप्त गरे । म कक्षा १२ मा अध्ययन गर्दा तत्कालिन हेटौंडा उपमहानगरपालिकाको उपमेयर मिना कुमारी लामाको पद एक घन्टाको लागि मैले टेक ओभर पाएको थिए ।

गल्र्स टेकओभर गर्नु अगाडि कसरी कार्यक्रम चलाउने ? के हुन्छ होला, भन्ने जस्ता विभिन्न खालको कौतुहलता भइराखेको थियो म मा । तर जब मैले उपमेयरको पद १ घन्टाको लागि पाए त्यसपछी साँच्चै नै म हेटौंडा उपमहानगरपालिकाको उपमेयर नै हूँ । अब मैले यस उपमहानगरपालिकामा केहि परिवर्तन गर्नुपर्छ भन्ने जोश आयो ।

एक घन्टाको समय पछि साँचै नै हामीले केही गर्ने भनेर सोच्दै छौं भने त्यसको बारेमा योजना बनाउनुपर्दछ । आफ्नो ठाँउमा कस्तो खालको समस्याहरु रहेको छ भन्ने खालको अध्यन गर्न जरुरी पर्ने रहेछ ।

सम्पुर्ण समस्याहरुको बिश्लेषण गरेर प्रमुख समस्याको समाधान गर्न पहिलो प्राथमिकतामा राख्नुपर्ने रहेछ भन्ने कुराहरु बुज्ने अवसर पाए । यो अवसरले महिलाहरुले पनि केही गर्न सक्दछ्न भन्ने थप हौसला प्रदान गर्यो । साथ साथै म सहजकर्ता भएर हेटौंडा वनस्पती १३, मा सकारात्मक अभिभावकहरुलाई सहजिकरण गर्थे । सहजकर्ता बन्नु अगाडि मैले राडो नेपालको आयोजनामा प्लानको आर्थिक सहयोगमा संचालित तालिम लिएको थिए । त्यसपछि म आफ्नो समाज परिवर्तन गर्नुपर्छ भन्ने सोचले अगाडि बढदै थिए । धेरै भाइ बहिनी र उनीहरुको अभिभावकहरुसंग घुलमिल हुने अवसर प्राप्त गरे । धेरै ब्यक्तिहरु संग भेटेर धेरै कुराहरु सिक्ने अवसर प्राप्त गरे ।

म अहिले भक्तपुर जिल्लामा ब्याचलर पढ्दै छु । म हालको समयमा कुनै पनि तालिम तथा कार्यक्रमहरुमा सामेल भएको छैन । अबको केही वर्ष पछि आफ्नो योजना सहित एउटा परिवर्तनको लागि लागि पर्ने छु । राजनीति गर्ने होइन एउटा राजनीतिज्ञ ब्यक्ति भएर समाज परिवर्तन गर्ने छु । समस्याको पहिचान सहित समाधानको खोजी गरि परिवर्तनको लागि अगाडी बढने छु ।

गल्र्स टेकओभरबाट मैले सिकेको मुख्य कुरा भनेको हरेक महिला पुरुष भन्दा अगाडि पनि बढ्न सक्छ्न तर सर्वप्रथम आफ्नो सोचलाई परिवर्तन गर्नुपर्दछ । हरेक योजना बनाउँदा प्रभावकारी र परिवर्तित योजनाको साथमा निर्णय गर्नुपर्दछ । धन्यवाद ।
(२०७८ सालमा लेखिएको अनुभव)

पुनिका तिमल्सिना
थप जानकारी