हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका वडा नंबर ७ मा पौडी खेल्ने क्रममा डुबेर बेहोस एकजना बालिकाको उपचारको क्रममा मृत्यु भएको छ ।

बकैया–७ को हात्तिखोलामा सार्वजनिक सिंचाईको लागि निर्माण गरिएको पोखरीमा पौडी खेल्न गएकी स्थानीय ११ वर्षकी बिनिता राई डुबेर बोहोस भएकी थिइन् । बेहोस अवस्थामा उद्धार गरि थप उपचारको लागि बकैया आधारभुत स्वास्थ्य केन्द्रमा लगिएको क्रममा उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।