हेटौंडा । हाम्रो नेपाली पार्टीको लौरो चुनाव चिन्ह लिएर गएको आमनिर्वाचनमा प्रतिस्पर्धा गरेका किशोर राना मगरले आफ्नो चुनावी खर्च निर्वाचन आयोगलाई बुझाएका छन् ।

अर्यालले गत ४ मंसिरमा सम्पन्न प्रदेशसभा निर्वाचनमा रु.४९,५१० (उनान्चास हजार पाँच सय दश रुपियाँ) खर्च भएको विवरण निर्वाचन आयोगलाई बुझाएका हुन् ।

रानाले बुझाएको विवरणअनुसार फ्लेक्स प्रिन्ट ६ हजार, पर्चा छपाई २५ हजार, डिजेल ३ हजार ५१०, खाना १५ हजार खर्च भएको उल्लेख गरिएको छ । निर्वाचनमा किशोरले मकवानपुर क्षेत्र नं. १ (क) बाट लौरो चुनाव चिन्ह लिएर चुनावी प्रतिस्पर्धा गरेका थिए ।