काठमाडौं । मोदी इनर्जी लिमिटेडले आज बैशाख १९ गते मंगलबारदेखि निष्काशन खुला गरेको आईपीओमा आवेदन दिने  २४ गते आईतबार अन्तिम दिन हो ।

उक्त दिन कार्यालय समयभित्र इच्छुक लगानीकर्ताहरुले आवेदन दिन सक्ने छन् ।

कम्पनीले कम्पनीका कर्मचारीलाई १ लाख २८ हजार ९ सय १० कित्ता र सामुहिक लगानी कोषका लागि ३ लाख २२ हजार २  सय ८० कित्ता सुरक्षित गरी सर्बसाधारणलाई ५९ लाख ९४ हजार ४  सय २० कित्ता आईपीओ बिक्री गर्न लागेको सनराइज क्यापिटलले जनाएको छ ।

सर्वसाधारणका लागि छुट्याइएको आईपीओ ५ लाख ९९ हजार ४ सय ४२ जनाले १०१० कित्ताका दरले पाउने छन् ।

कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीय र श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपाली श्रमिकको लागि आईपीओ बिक्री गरिसकेको छ ।

पर्वतमा २० मेगावाटको तल्लो मोदीखोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरी कम्पनीले विद्युत उत्पादन गरिरहेको छ ।