हेटौंडा । उत्पादनको आधारमा राज्यले अनुदान दिनुपर्ने माग गरिएको छ । पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय बागमती प्रदेश हेटौंडाको आर्थिक बर्ष २०७९/८० को कार्यक्रम अनुसार पशुपन्छी तथा मत्स्यपालक संघसंस्थाहरु संग गरेको अन्र्तरक्रिया कार्यक्रमका सहभागिहरुले यस्तो माग गरेका हुन ।

उत्पादनका आधारमा राज्यले अनुदानको व्यवस्था गरे उत्पादन बृद्धि हुने सहभागिहरुको भनाई छ । कार्यक्रममा दुग्ध उत्पादक, पोल्ट्री व्यवसायी, बाख्रा, माछा र वंगुर पालक संघसंस्थाका प्रतिनिधिहरुले आईपरेका समस्या र आगामी आर्थिक बर्षमा समेटिनुपर्ने बिषयमा बारेका बोलेका थिए । उनीहरुले घाँस खेती प्रोत्साहन, बाख्रापाठी प्रवद्र्धन, पशु आहारा तालिम, चल्ला, कुखुरा, दाना, अण्डाको मुल्य निर्धाण र अनुगमन, उत्पादन भण्डारण लगायतका बिषयलाई समेट्न माग गरेका हुन । बिचौलियाका कारण उत्पादकले उचित मुल्य नपाउने र उपभोक्ताले महंगो मुल्य तिनुपर्ने बाध्यता रहेको उनीहरुको गुनासो छ ।

पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय बागमती प्रदेश हेटौंडाका निमित्त निर्देशक डा.बज्र किशोर ठाकुरको सभाध्यक्षतामा भएको कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका पशुपन्छी तथा मत्स्य विकास महाशाखा प्रमुख डा.निशान्त शर्मा गेलाल, सन्तोष अधिकारी लगायतकाले बोलेका थिए । कार्यक्रम प्रियंका यादवले संचालन गरेकी थिइन् ।