हेटौंडा । निरन्तर घाटा व्यहोर्दै आएको हेटौंडा सिमेन्ट उद्योगको उत्पादन पुनः बन्द भएको छ । क्लिङ्कर उत्पादनका लागि आगो बाल्ने भट्टीमा रहेको रोलर उपकरण बिग्रिएकाले बुधबारबाट सिमेन्ट उत्पादन कार्य पूर्णरुपमा बन्द भएको उद्योगका महाप्रबन्धक बसन्तकुमार पाण्डेले जानकारी दिए ।

उपकरण मर्मत गर्न झण्डैं २० दिन लाग्ने उनले बताए  । ४० वर्ष पुरानो उपकरण जीर्ण अवस्थामा रहेको र बेलाबेलामा बिग्रिरहने भएकाले सिमेन्ट उत्पादनमा समस्या भएको पाण्डेले बताए । ‘४० वर्ष पुराना मेसिन बिग्रिएर जीर्ण भएका छन् ।

 प्राविधिक समस्याले गर्दा बेलाबेलामा उत्पादनमा अवरोध भइरहन्छ । ‘अब नयाँ प्रविधि र नयाँ मेसिनहरू खरिद गरी ल्याएर जडान नगरेसम्म हेटौंडा सिमेन्ट उद्योगले निकै आर्थिक भार व्यहोर्नुपर्ने अवस्था छ,’पाण्डेले भने। अन्नपूर्णपोष्टबाट