हेटौंडा । हेटौंडा उपमहानगरपालिका, मकवानपुर जिल्ला बुद्धिचाल संघ र हेटौंडा चेस क्लबको संयुक्त आयोजनामा खुल्ला रेटिङ बुद्धिचाल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको उद्घाटन हेटौंडा–११ स्थित एक होटलमा हेटौंडा उपमहानगरपालिका उपप्रमुख राजेश बानियाँले गरेका हुन् ।

प्रतियोगिता उद्घाटनपछि उपप्रमुख बानियाँले आगामी बजेटमा खेल क्षेत्रलाई थप प्राथमिकताका साथ बजेट बिनियोजन गरिने बताए । बानियाँले खेलाडीको क्षमता अभिवृद्धि गर्ने नगरको प्राथमिकता रहेको भन्दै चेस प्रतियोगिताले राष्ट्र निमार्णमा थप सहयोग पुग्ने बताए । त्यस्तै नेपाल बुद्धिचाल महासङ्घका केन्द्रीय महासचिव धर्म लामाले खेलकुदले देशलाई चिनाउन र विदेशी मुद्रा आर्जन गर्ने सबैभन्दा सजिलो माध्यम रहेको बताए।

मकवानपुर जिल्ला बुद्धिचाल संघका जिल्ला अध्यक्ष मनोज श्रेष्ठका अनुसार प्रतियोगितामा ८७ जना खेलाडीले सहभागि छन् । प्रतियोगितामा प्रथम हुनेले नगद १ लाख, द्वितीयले ५० हजार, तृतीयले २५ हजार, चौथो र पाँचौ २०/२० हजार प्राप्त गर्ने श्रेष्ठले बताए । त्यस्तै छैठौँदेखि दशैँसम्म स्थान हासिल गर्ने ४ खेलाडीले नगद १५/१५ हजार प्राप्त गर्नेछन् ।

विधागततर्फ उत्कृष्ट हुने लोकल, महिला, भेट्रान, उदयमानहरु यू–१२, यू–१४, यू–१६ र यू–१८ का साथै, न्यूतम् १४०० र अधिम् १८०० यूनिटका एक–एक जना खेलाडीले १०/१० हजार रुपैयाँ प्राप्त गर्नेछन् । जहाँ विधागततर्फ ११ र खुल्ला प्रतिस्पर्धातर्फ गरी २१ जना खेलाडीहरु पुरस्कृत हुने छन् ।

स्विस लिग प्रणाली अनुसार सञ्चाल हुने प्रतियोगितामा ९ खेल हुनेछन् । उनीहरुले खेल प्रर्दशनको आधारमा रेटिङ पाउने छन् । उत्कृष्ट रेटिङ प्राप्त गर्ने खेलाडीहरु प्रथम,द्वतीय,तृतिय क्रमशः स्थान हासिल गर्नेछन् ।प्रतियोगितामा २० लाख २ हजार खर्च हुने आयोजकको अनुमान छ ।