काठमाडौं । अपर स्याङ्गे हाईड्रोपावर लिमिटेडले जेठ १ गते सोमबारदेखि आयोजना प्रभावित स्थानीय र श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकको लागि आईपीओ निष्काशन गर्ने भएको छ ।

कम्पनीले २ लाख २० हजार कित्ता आईपीओ आयोजना प्रभावित लमजुङको मर्स्याङ्दी गाउँपालिकाका आयोजना प्रभावित र ६५ हजार कित्ता आईपीओ नेपाली श्रमिकहरुका लागि बिक्री गर्न लागेको हो ।

आयोजना प्रभावितले छिटोमा जेठ १६ गतेसम्म र ढिलोमा जेठ ३० गतेसम्म आवेदन दिन सक्ने छन् । श्रमिकहरुले भने जेठ १६ गतेसम्म मात्र आवेदन दिन सक्ने बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ ।

कम्पनीले लमजुङको मर्स्याङ्दी गाउँपालिका ४, स्याङ्गे नदीमा २.४ मेगावाट क्षमताकोे हाइड्रोपावर आयोजना निर्माण सम्पन्न गरी २०७८ चैत १५ गतेदेखि उत्पादन गरिरहेको जनाएको छ ।