हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका वडा नं. ११ पिपलडाडामा एक बृद्धाले रक्सीसंग बिषादी मिसाएर सेवन गरेकोमा उपचारको क्रममा मृत्यु भएको छ ।

बकैया–११ पिपलडाडा बस्ने ६१ बर्षीय सन्चमाया भोलनको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार भोलनले रक्सी संग नाम नखुलेको बिषादी सेवन गर्दा बिरामी भएकोमा सो दिन उपचार गर्न जान नमानेको र भोलिपल्ट हेटौंडा अस्पतालमा उपचारका लागि ल्याएकोमा आज बिहान डाक्टरले मृत घोषणा गरेको हो ।

बिषादी सेवन गर्नुको कारण नखुलेको र शव हेटौंडा अस्पतालमै रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।