

काठमाडौं । माई खोला हाइड्रोपावर लिमिटेडको ३९ लाख २१ ह्जार ५ सय ६८ कित्ता आईपीओ नेप्सेमा सूचीकृत भएको छ ।
आयोजना प्रभावितलाई बिक्री गरिएको ३ लाख ९२ हजार १ सय ५७ कित्ता, सर्वसाधारणलाई बिक्री गरिएको १५ लाख २९ हजार ४ सय ११ कित्ता र संस्थापक शेयरधनीहरुको २० लाख कित्ता आईपीओ सूचीकृत भएको नेप्सेले जनाएको छ ।
नेप्सेमा सूचीकृत भएसँगै आज मंगलबारबाट कम्पनीको शेयर कारोबार शुरु हुनेछ । रु. १११.६७ देखि रु. ३३५.०१ ओपन रेञ्ज निर्धारण गरिएको नेप्सेले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्