हेटौंडा । धरान चतरा सडक खण्डको मकवानपुरको बकैया गाउँपालिका वडा नंं. ५ तिनतलेमा ब्रेक फेल हुँदा ट्रक दुर्घटना भएको छ ।

नवलपरासीबाट सिन्धुली जान लागेको ना.८ ख ४०९६ न. को सिमेन्ट बोकेको ट्रक ब्रेक फेल भई दुर्घटना भएको थियो । ट्रक सडकबाट अन्दाजी ४५/५० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

ट्रक दुर्घटनामा मानबिय क्षती नभएको र ट्रक घट्ना स्थलमा नै रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।