

हेटौंडा । मकवानपुर प्रहरीले आगूऔषध गाँजा सहित हेटौंडाबाट तीन जनालाई पक्राउ गरेको छ । हेटौंडा उपमहानगरपालिका वडा नं. १ चौकीटोल स्थित हेटौंडा–भैंसे सडक खण्डबाट बिशेष सूचनाका आधारमा कार तथा लागूऔषध गाँजा ९२ किलो सहित तीन जनालाई पक्राउ गरिएको हो ।
प्रहरीले गाँजासहित कार चालक भारत मोजफुरका १८ बर्षीय अमित कुमार, कारमा सवार पर्सा सिखरमाई गाउँपालिका–९ का ५० बर्षीय नैमुदिन मिया र कारमा सवार मकवानपुर कैलाश गाउँपालिका–१० बाझोखेतका ६० बर्षीय बुद्धिमान थोकरलाई पक्राउ गरेको हो ।
प्रहरीले काठमाण्डौबाट हेटौंडा आउँदै गरेको बिआर शुन्यएक बिएन १५१८ नम्बरको भारतीय कारलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा कारमा लुकाई छिपाई ल्याएको लागूऔषध गाँजा बरामद गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्