हेटौंडा । पश्चिम मकवानपुरको मनहरीमा रहेको डिभिजन वन कार्यालय राप्ती मनहरीमा पुग्ने जो कोहीलाई पनि हरियाली पार्कमा छिरेको अनुभव हुन्छ । एक दर्जन अनेक फुलहरु तथा हरियाली दृश्यले जो कोहीलाई पनि मोहित पार्छ । सेवा लिन जाने सेवाग्रही पनि यहाँ पुग्दा साँच्चै वन कार्यालयमै पुगेको अनुभव गर्छन ।

यहाँ सिता अशोक, बर पिलल, स्वामी, निम, आँप कटहर, धुपी, फिस्टेल पाम्प, अशोक, बिजय शाल, अनेकौं प्रजातिका फु्ल, तेजपात लगायतका रुख, बिरुवा रहेका छन । रङ्गीविरङगी फुल र हरियाली बगौंचाले मनहरी आसपास र यहाँ पुग्ने सेवाग्राही प्रफुल्ल हुने गरेका छन ।

पछिल्लो सयम टिकटक बनाउन र फोटो खिच्न आउनेहरुको बाक्लो उपस्थिती बढेको डिभिजन वन कार्यालय, राप्ती मनहरी डिभिजन वन अधिकृत बिष्णु प्रसाद आचार्यले जानकारी दिए । हरेक दिन टिकटक बनाउने बाक्लो उपस्थिती छ, उनले थपे यहाँ रहेको सालक पार्कमा बत्ति सहितको दृश्यले उनीहरुलाई अझैं तानेको छ । यहाँ रहेको वाटर फउन्टेन पनि अर्को आकर्षणको केन्द्र बिन्दु हो । जनताको चौतारीमा बसेर यहाँ आउने सेवाग्राहीलाई सेवा दिने डिभिजन वन अधिकृत आचार्यले एक पटक यहाँको भ्रमण गर्न अनुरोध पनि गरे ।
हेर्नुहोस् डिभिजन वन कार्यालय, राप्ती मनहरीको दृश्य ।