हेटौंडा । ईमान्दारीताका साथ काम गरे सहकारीमा समस्या नआउने सहकारीकर्मीहरुले बताएका छन । शुक्रवार हेटांैडामा आयोजना गरिएको बर्तमान समयमा सहकारीमा देखा परेका समस्या, चुनौती र समाधान विषयक अन्तरक्रिया गोष्ठीमा सहभागी भएका सहकारीकर्मीहरुले नीति, विधि, सहकारी ऐन र नियममा रहि काम गरेका सहकारी संस्थाहरुमा समस्या नभएको बताएका हुन ।

मकवानपुर जिल्ला बहुउद्धेश्यीय सहकारी संघको आयोजना र हेटौंडा उपमहानगरपालिकाको सहयोगमा अन्तरक्रिया गोष्ठीको आयोजना गरिएको हो । कार्यक्रममा बागमती प्रदेशका उद्योग, पर्यटन तथा सहकारी मन्त्रालयका सचिव गोविन्द रिजालले सहकारी संस्थाहरुको विकासमा मन्त्रालय सदैव सहयोगीको रुपमा रहेको बताए ।

गोष्ठीमा बल्लभ तिमल्सिनाले बर्तमान अवस्थामा सहकारी संस्थाहरुमा देखापरेका समस्या, चुनौती र समाधानका विषयमा कार्यपत्र प्रस्तुत गरे । गोष्ठीमा बागमती प्रदेश सहकारी बोर्डका उपाध्यक्ष नारायण प्रसाद देवकोटा, हेटौडा–४ का वडा अध्यक्ष नविन सिग्देल, हेटौडा उपमहानगरपालिका सहकारी महाशाखा प्रमुख हिम प्रसाद पौडेल, राष्ट्रिय सहकारी बैक हेटौडा शाखा प्रमुख रामेश्वर अर्याल, मकवानपुर जिल्ला बचत तथा ऋण सहकारी संघका सचिव विरेन्द्र प्रसाद ढुङगाना, संघकी सचिव प्रतिमा श्रेष्ठ लगायतकाले सहकारीमा देखा परेका समस्या र समाधानका विषयमा आफनो धारणा राखेका थिए ।

संघका अध्यक्ष रामहरि न्यौपानेको सभाध्यक्षतामा भएको गोष्ठीमा ४० वटा विषयगत सहकारी संस्थाका पदाधिकारी, कर्मचारी समेत गरि २ सय ६० जनाको सहभागिता थियो ।

भीमसेन पौडेल
थप जानकारी