काठमाडाै । सरकारले प्रतिबन्धित गाँजा खेतीको लागि सम्भावना अध्ययन गर्ने भएको छ।

आर्थिक वर्ष २०८०/०८१ को बजेट सम्बोधन गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले औषधिको लागि गाँजा खेती गर्ने घोषणा गरेका हुन्।

‘औषधिजन्य गाँजा खेतीको सम्भावना अध्ययन गरिने छ,’ सोमबार संसदको संयुक्त बैठकमा डा. महतले भने। नेपालमा गाजा खेतीलाई वैधानिकता दिनुपर्ने आवाज उठिरहेका बेला सरकारले त्यसलाई सम्बोधन गरेको हो।

सरकारले यसवर्ष बजेटमै उक्त व्यवस्था गरेको हो। अहिले पनि नेपालका केही स्थानमा गाँजा खेती हुने गरेकाे छ। तर सरकारले नै प्रतिबन्ध गरेका कारण त्यसै खेर जाने गरेको छ। खेती गर्ने कृषक र व्यापारीहरु जेल पर्ने गरेका छन्।