हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडाको बसपार्कबाट ९ जना युवायुवाती पक्राउ परेका छन । आइतवार राती हेटौंडा–१० बसपार्क टिसिएनमा रहेको एसियन गेष्ट हाउस एण्ड रेष्टुरेन्टबाट आपत्तिजनक अवस्थामा ९ जना युवायुवती पक्राउ परेका हुन । जिल्ला प्रहरी कार्यालय मकवानपुरले आपत्तिजनक अवस्थामा राती होटलबाट उनीहरुलाई नियन्त्रणमा लिएको थियो । स्थानीयवासीका अनुसार प्रहरी पुगेपछि होटलबाट दुई जना भागेका थिए । प्रहरीले अहिले सम्म घट्नाबारे यथार्थ सार्वजनिक गरेको छैन ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट एक मिनेटको दुरीमा सडकमै आपत्तिजनक क्रियाकलाप भईरहदा पनि प्रहरीले नियन्त्रणको कुनै प्रयास नगरेको यहाँका स्थानीयको आरोप छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रहरी विट समेत बसपार्क क्षेत्रमै रहेपनि यहाँका होटलहरुमा अनैतिक क्रियाकलाप हुने गरेको यहाँका जानकार बताउँछन् ।

छिमेकी मुलुक भारतको बिहारमा मदिरा सेवन रोक लगाईएपछि अहिले हेटौंडामा बिहारबाट मदिरापान गर्न तथा अनैतिक कार्यका लागि युवाहरु आउने गरेका छन । हेटौंडाको बसपार्क क्षेत्रमा पछिल्लो समय देह व्यपार मौलाएको छ । बसपार्कको बिभिन्न होटलमा होटल संचालक तथा एजेन्टको मिलोमत्तोमा उमेरै नपुगेका साना बालिकाहरु प्रयोग हुने गरेको तथ्य खुलेको छ ।

आइतवार राती हेटौंडा १० बसपार्क टिसिएन क्षेत्रमा रोडमै खुलेआम अनैतिक क्रियाकला तथा मोलमोलाई भएपछि त्यहाँका स्थानीयले प्रतिकार गर्नुका साथैं प्रहरी बोलाएर घट्नाबारे जानकारी गराएका थिए । यहाँका एक स्थानीयले भने–व्यवसाय गर्न पाईयो, तर खुलेआम देहव्यपार हुनुभएन । परिवारसंग साझ घरबाहिर निस्कन नसकिने स्थिती भयो, ति स्थानीयले भने हेटौंडाको टिसिएन क्षेत्रमा गलत क्रियाकलाप बढ्यो । कोभिड–१९ पछि हेटौंडामा देह व्यवपार मौलाएको यहाँका स्थानीयको भनाई छ ।