हेटौँडा । हेटौँडा–६,चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहको ३१ औँ वार्षिकोत्सव सोमवार सम्पन्न भएको छ ।
समूहले वार्षिकोत्सवको अवसरमा विभिन्न विधामा उत्कृष्ट उपभोक्ताहरूलाई सम्मानित गरेको छ । उत्कृष्ट किसान पम्फादेवी बयलकोटी, उत्कृष्ट पशुपालनमा गोविन्द प्रसाद ढुङ्गाना, उत्कृष्ट हस्तकलामा विर्जु राई, उत्कृष्ट महिला समूहमा सुनौलो महिला आयआर्जन समूहलाई सम्मानित गरिएको थियो ।
यसै गरी उत्कृष्ट उपभोक्तामा राजकुमार फुयाँल, सालक संरक्षणमा शोभा घिमिरे र वातावरण संरक्षणमा लक्ष्मी चरण श्रेष्ठलाई सम्मानित गरिएको थियो ।
वार्षिकोत्सव कार्यक्रम हेटौँडा–६ का वडा अध्यक्ष विष्णुबहादुर दाहालको प्रमुख आतिथ्यता एवम समूहका अध्यक्ष विष्णुप्रसाद न्यौपानेको सभाध्यक्षतामा भएको थियोे ।
कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासङ्घ, मकवानपुरका अध्यक्ष साधुराम चौलागाई, समूहका सल्लाहकार कृष्ण बिडारी, जनकल्याण सहकारीका अध्यक्ष हिमाल पौडेल, मनकामना दुग्ध उत्पादक सहकारीका अध्यक्ष अर्जुनप्रसाद दाहाल, न्यूरेनी चिसापानी सामुदायिक वनका अध्यक्ष प्रकाश कार्की, सुनौलो महिला समूहकी अध्यक्ष पवित्रा रुम्बा, जागरण सहकारीकि सचिव सरिता विक, नौलो विहानी कृषि सहकारीका उपाध्यक्ष जयराम घिमिरे समूहका उपाध्यक्ष केशव धिताल लगायतको आतिथ्यता रहेको थियो ।


भीमसेन पौडेल 









प्रतिक्रिया दिनुहोस्