हेटौँडा । हेटौँडा–२, मा रहेको प्रतिफल बचत तथा ऋण सहकारी संस्थाको सहकारी शिक्षा शिविर तथा सदस्य भेट्घाट कार्यक्रम हेटौँडा–६ मा रहेको विपी गणेशमान स्मृति शान्तिपार्कमा सम्पन्न भएको छ ।
शिविरमा संस्थाका व्यवस्थापक विनोद पौडेलले संस्थाका गतिविधिको बारेमा जानकारी गराएका थिए । व्यवस्थापक पौडेलले सहकारी संस्थाले बचत संकलन, ऋण लगानीका साथै सदस्यहरुको आयआर्जमा सहयोग पुग्ने काम गर्दै आएको बताए ।
सहकारीका अध्यक्ष दिलिस गोविन्द जोशीको अध्यक्षतामा भएको कार्यक्रममा सञ्चालक समिति, लेखा समिति, ऋण उपसमिति , शेयर सदस्य, कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।
दुईहजार २ सय सदस्य रहेको संस्थाको शेयर पूंजी, एककरोड ५० लाख निक्षेप ७ करोड ३३ लाख, ऋण लगानी ८ करोड ८४ लाख रहेको ऋण उपसमिति संयोजक राजेश्वर दाहालले बताए ।


भीमसेन पौडेल 









प्रतिक्रिया दिनुहोस्