हेटाैँडा । कालिवन खानेपानी संस्था मकवानपुरगढी ५ को ४ औं साधारणसभाले नयाँ कार्यसमिति चयन गरेको छ । सभाले पुन: दिनेश श्रेष्ठको अध्यक्षतामा सात सदस्यीय नयाँ समिति गठन गरेको हो ।
समितिको उपाध्यक्षमा यतिराज आचार्य, सचिवमा पुण्य प्रसाद दहाल, कोषाध्यक्षमा मिना श्रेष्ठ र सदस्यहरुमा सावित्री घिमिरे, कमला न्यौपाने, चन्द्रकला गोले रहेका छन् । साथै सभाले रामशरण धितालको संयोजकत्वमा भवानी लामिछाने र हरि दहाल सदस्य रहेको लेखा समिति पनि चयन गरेको छ ।
एक सय १५ जना उपभोक्ता रहेको संस्थाले करिब तीन लाख २२ हजार रुपैया आम्दानी र दुई लाख ७९ हजार रुपैया खर्च गरेको जनाएको छ ।
कार्यक्रममा अध्यक्ष दिनेश श्रेष्ठले सम्पन्न गरेका कार्यहरु र आगामी योजनासहितको प्रतिवेदन, कोषाध्यक्ष मिना श्रेष्ठले आर्थिक प्रतिवेदन, सचिव पुण्य प्रसाद दहालले प्रगति प्रतिवेदन र लेखा समितिको प्रतिवेदन संयोजक रामशरण धितालले प्रस्तुत गरेका थिए ।
कार्यक्रममा कालिवन टोल विकास संस्थाका अध्यक्ष मनप्रसाद न्यौपाने “अर्जुन”, उज्ज्वल दुग्ध उत्पादक सहकारी संस्थाकी सदस्य कमली खतिवडा, पत्रकार अशोकसुजन श्रेष्ठ, समाजसेवी थलनाथ घिमिरे लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा संस्था, खानेपानी व्यवस्थापन, वितरणमा सहयोगीहरुलाई सम्मान पनि गरिएको थियो ।












प्रतिक्रिया दिनुहोस्