हेटाैँडा । त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको भीमफेदी गापा १ खोप्लाङस्थित सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक हेटौँडा १२ सिक्रेनीका ५३ वर्षीय श्यामबहादुर अधिकारी घाइते भएका छन्।
त्रिखण्डीबाट पिकनिक खाई हेटौँडा बजारतर्फ आउँदै गरेको बा.प्र.०३–००३ प ५२६ नं.को मोटरसाइकल शनिबार साँझ दुर्घटना भएको हो ।
दुर्घटनामा घाइते भई अचेत भएका अधिकारीको हेटौँडा अस्पतालमा उपचारपछि थप उपचारको लागी नयाँ मेडिकल कलेज भरतपुर चितवन अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।












प्रतिक्रिया दिनुहोस्