हेटौँडा । सामुदायिक वनको क्षेत्रमा प्रसिद्ध हेटौँडास्थित रानी सामुदायिक वनको अवलोकन गरिएको छ।

कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका–८ मा रहेको मधुवन सामुदायिक वनका पदाधिकारी, जनप्रतिनिधि तथा उपभोक्ताहरूले हेटौँडा–६ चौघडास्थित रानी सामुदायिक वनको अवलोकन गरेका हुन्।

सहभागीहरूलाई वनको दिगो वन व्यवस्थापनमा देखिएका समस्या र तिनका समाधानका उपाय, वन व्यवस्थापन, सदुपयोग, संस्थागत विकास, कार्यालय व्यवस्थापन, महिला सहभागिता तथा पर्यापर्यटनलगायत विषयमा जानकारी गराइएको थियो।

समूहका कार्यसमिति सदस्य पूर्णभद्र चौलागाईं, केदारप्रसाद अधिकारी तथा कार्यालय सचिव भीमसेन पौडेलले सहभागीहरूलाई वनले सञ्चालन गरेका विभिन्न कार्यक्रम तथा गतिविधिबारे जानकारी गराएका थिए।

मधुवन सामुदायिक वनका अध्यक्ष दीपकप्रसाद सापकोटाको नेतृत्वमा आएको भ्रमण टोलीमा बाणगंगा नगरपालिका–८ का वडा अध्यक्ष बाबुराम अर्याल, कार्यसमितिका पदाधिकारी, पूर्वअध्यक्ष, सल्लाहकार, उपभोक्ता तथा कर्मचारी गरी ४२ जनाको सहभागिता रहेको थियो।

२०५७ सालमा सर्वमान्य गणेशमान सिंह वन संरक्षण प्रथम पुरस्कार प्राप्त गर्न सफल रानी सामुदायिक वनको हालसम्म ५८२ वटा भ्रमण टोलीले अवलोकन गरिसकेको वन समूहले जनाएको छ।

भीमसेन पौडेल
थप जानकारी