काठमाडौं । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आफूले पाउने एक महिनाको सुविधा बाढी प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गर्ने बताएका छन। आफुले प्राप्त गर्ने भाद्र भहिनाको मासिक सुबिधाबाट २०८३ भाद्र १६ गते पहिलो किस्ता र भाद्र ३१ गते दोस्रो किस्ता गरी एक महिनामा आफुले प्राप्त गर्ने सवै सुबिधा जम्मा गर्ने बताए।
प्राकृतिक विपत्तिका कारण ठुलो जनधनको क्षति भोगिरहेका भोटेकोसी क्षेत्रका पीडितहरूको अवस्था बुझ्न उहाँ भाद्र १३ गते नुवाकोटको बिदुरस्थित त्रिसुली नदी गएका थिए । पीडित हरुको घाउमा मलम लगाउन र उहाँहरूको पुनर्स्थापनामा थोरै भए पनि राहत पुगोस् भन्दै उनले सबैलाई हातेमालो गर्न आग्रह गरे।
प्रदेश प्रमुख देवकोटाले बाढी तथा पहिरो प्रभावित क्षेत्रमा उद्धार र राहत कार्यलाई अझ तीव्र बनाउन सरोकारवाला निकायहरूसँग आग्रह गर्दै संकटको यस घडीमा एकताबद्ध भएर जुट्न सबै नागरिक, संस्था तथा निकायहरूमा अपिल समेत गरे।












प्रतिक्रिया दिनुहोस्