हेटौँडा । हेटौँडा–६ मा रहेको रक्षादेवी नमुना टोल विकास संस्थाको अध्यक्षमा रक्षा थापा चयन भएकी छिन्। संस्थाको शनिबार सम्पन्न सातौँ वार्षिक साधारणसभा तथा चौथो अधिवेशनले थापाको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । समितिको उपाध्यक्षमा रविन्स मानन्धर, सचिवमा देवकुमारी डंगोल र कोषाध्यक्षमा बुद्धलक्ष्मी चौलागाईं चयन भएका हुन् ।  यसैगरी सदस्यहरूमा सुष्मा रिमाल, कृष्णमणि भट्टराई, रामबहादुर गुरुङ, नुनकुमारी पुडासैनी र राजेश पौडेल चयन भएका छन् ।

कार्यसमितिको निर्वाचन सम्पन्न गर्न टोल विकास संस्था नगर समन्वय समितिका उपाध्यक्ष विष्णुप्रसाद ढुङ्गानाको संयोजकत्वमा ६ नं. भूगोल सदस्य गोमा लामिछाने र टोल विकास संस्था वडा समन्वय समिति हेटौँडा–६ का अध्यक्ष राजकुमार फुयाल सदस्य रहेको तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो ।

साधारणसभामा संस्थाका अध्यक्ष केशवप्रसाद कोइरालाले संस्थागत प्रतिवेदन, सचिव शम्भु रिमालले प्रगति प्रतिवेदन र कोषाध्यक्ष बुद्धलक्ष्मी चौलागाईंले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । साधारणसभामा ज्येष्ठ सदस्य मानबहादुर श्रेष्ठ र थिरकुमारी लामिछानेलाई सम्मान गरिएको थियो ।

हेटौँडा उपमहानगरपालिका–६ का वडा सदस्य मुना विकको प्रमुख आतिथ्यता एवं संस्थाका अध्यक्ष केशवप्रसाद कोइरालाको सभाध्यक्षतामा साधारणसभा भएको थियो । साधारणसभामा हेटौँडा उपमहानगरपालिका सामाजिक विकास महाशाखा प्रमुख भीमप्रसाद तिमल्सिना, सामुदायिक वन उपभोक्ता महासंघ, मकवानपुरका अध्यक्ष साधुराम चौलागाईं, संस्थाका निवर्तमान अध्यक्ष रमेशकुमार बानियाँ, टोल विकास संस्था नगर समन्वय समिति उपाध्यक्ष विष्णुप्रसाद ढुङ्गाना, टोल विकास संस्था वडा समन्वय समिति हेटौँडा–६ का अध्यक्ष राजकुमार फुयाल, हेटौँडा–६ भूगोल इन्चार्ज गोमा लामिछाने, शान्तिटोल टोल विकास संस्थाका कोषाध्यक्ष पूर्णभद्र चौलागाईं, रक्षादेवी आमा समूहकी अध्यक्ष भवानी चौलागाईं, सञ्चारकर्मी भीमसेन पौडेललगायतको आतिथ्यता रहेको थियो । टोल विकास संस्थामा ९५ घरधुरी आबद्ध रहेका छन् ।

भीमसेन पौडेल
थप जानकारी