हेटौंडा । हेटौंडाको शैक्षिक संस्थाहरुमा आज सोमवार सचेत युवाहरुले अनुगमन गरेका छन् ।
सार्वजनिक सेवा सुधार संघर्ष समितिका युवाहरुले हेटौंडा २ मा रहेको सिद्धार्थ माध्यामिक बिद्यालय, मकवानपुर बहुमुखी क्याम्पस र हेटौंडा ४ मा रहेको भूटनदेवी माध्यामिक बिद्यालयको अनुगमन गरेका हुन् । उनीहरुले शैक्षिक संस्थामा बिद्यार्थीले पिउने पानी, शौचालयको अवस्थाका बारेमा जानकारी लिएका हुन् । सिद्धार्थ, मकवानपुर बहुमुखी क्याम्पस र भूटनदेवीमा पिउने पानी गुणस्तरीय नभएको अनुगमनका क्रममा पाईएको छ ।
पिउने पानीको शुद्धता मापन गर्ने यन्त्रको सहायताले शैक्षिक संस्थामा रहेको पिउने पानीको मापन गरिएको थियो । तीन वटैं शैक्षिक संस्थामा पिउने पानी शुद्ध नभएको पाइएको हो । शैक्षिक संस्थामा जडान गरिएको पानी शुद्धिकरण गर्ने उपकरण मर्मत नभएको भेटिएको हो । उपकरण मर्मत संभार नगर्दा बिद्यार्थीहरुले कम गुणस्तरको पानी खाईरहेको पाईएको संघर्ष समितिका दीपेन्द्र चन्द ठकुरीले बताए । भूटनदेवीमा बिद्यार्थीले पिउने पानी कम गुणस्तरको भएपनि शिक्षकहरुले आफ्नो लागि गुणस्तरीय पानीको व्यवस्था गरेको उनले बताए ।
त्यस्तै सिद्धार्थ माविका प्रधानाध्यापक मोहन प्रसाद शर्मा, मकवानपुर बहुमुखी क्याम्पस प्रमुख शंकर प्रसाद उपाध्याय र भूटनदेवी माविका प्रधानाध्यापक माधव प्रसाद दाहालले सफा, स्वच्छ पानीको व्यवस्था गर्न तथा उपकरण मर्मत गर्ने प्रतिवद्धता जनाएका छन ।
सार्वजनिक सेवा सुधार संघर्ष समितिले हेटौंडा अस्पतालको सेवा सुधारको माग गर्दै करिव एक महिना संघर्ष गरेको थियो । समितिले समाजमा भएका बेतिथी, बिसंगी र भ्रष्टाचारको बिषयमा आवाज उठाउँदै आएको छ । समितिले आम जनता संग जोडिएको सार्वजनिक चासोको बिषयमा आवाज उठाएको हो ।
शैक्षिक संस्थामा प्रदान गरिएको पिउने पानी, त्यहाँको शौचालयको अवस्था लगायतका बिषयमा सार्वजनिक सरोकारको बिषयमा सार्वजनिक सेवा सुधार संघर्ष समिति मकवानपुरका दीपेन्द्र चन्द ठकुरी, रामशरण कार्की, दिनेश लामा वाइवा, रमेश ठकुरी, दिपेश खड्गी, किशोर अर्यालको लगायतकाले जानकारी लिएका थिए ।












प्रतिक्रिया दिनुहोस्