हेटौंडा । मरिण सिन्धुलीमा भेटिएको लोपोन्मुख तामे सालकलाई बुधवार हेटांैडा–६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहको जङगलमा छाडिएको छ ।
डिभिजन वन कार्यालय, मरिण, सिन्धुलीका डिभिजनल वन अधिकृत पुष्पराज बत्र्तौलाले मरिणका स्थानीयले कार्यालयमा बुझाएको सालक रानी सामुदायिक वनका कार्यालय सचिव भीमसेन पौडेललाई हस्तान्तरण गरेका थिए ।
उक्त सालकलाई समूहद्वारा ब्लक नं. ५ मा निर्मित सालक केजमा छाडिएको छ । समूहले यस अघि पनि विभिन्न स्थानहरुमा भेटिएको सालकलाई उक्त केजमा राख्ने गरिएको छ । वन समूहले २०६२ सालदेखि सालक संरक्षण गर्दै आएको छ । हाल उक्त समूहको क्षेत्रभित्र करिव २ दर्जन सालक रहेको समूहले जनाएको छ । लज्जाले स्वभावको सालक मानिसको मित्र प्राणी मानिन्छ ।


भीमसेन पौडेल 









प्रतिक्रिया दिनुहोस्