हेटौंडा । पश्चिम मकवानपुरको मनहरी गाउँपालिका वडा नं. ६ प्रतापपुरमा मादक पदार्थ सेवन (मापसे) गरेर बाउले आफ्नै छोरामाथि कुटपिट गरेका छन् । 

प्रतापपुर बस्ने ३९ बर्षिय नग्रेन्द्र राइले मापसे गरि घरायसी विषयमा विवाद हुँदा आफ्नै छोरा १८ बर्षिय प्रेमराज राईलाई लठ्ठिले प्रहार गरि घाइते बनाएका हुन् । नगेन्द्रले लठ्ठिले प्रहार गर्दा प्रेमराजको टाउकोमा चोट लागेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । 

घाइतेको स्थानीय मेडिकलमा सामान्य उपचार पश्चात थप उपचारका लागि सरकारी अस्पताल भरतपुर चितवन पठाएको प्रहरीले जनाएको छ । कुटपिटमा संलग्न नगेन्द्र राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।