हेटाैँडा । मकवानपुरका कैलाश र राक्सिराङ गाउँपालिकाले इसाई धार्मावलम्बिहरुको मुख्य पर्व क्रिसमसको अवसरमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेका छन् ।गाउँपालिकाहरुले सूचना जारी गर्दै पुस २५, २६ र २७ गते सार्वजनिक विदा दिइएको जानकारी गराएका हुन् ।
कैलाश गाउँपालिकाको गाउँ कार्यपालिकाको कार्यालयले इसाई धर्मावलम्बीहरूको महान् चाड क्रिसमसको अवसरमा गाउँपालिकाभित्र सार्वजनिक बिदा दिने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष लोक मुक्तादनले जानकारी दिए । उनका अनुसार पुस १०, ११ र १२ गते गाउँपालिकाअन्तर्गतका सबै सार्वजनिक, सरकारी कार्यालय तथा शैक्षिक संस्थाहरू बन्द रहने छन् ।
अध्यक्ष मोक्तानद्वारा जारी सूचनामा क्रिसमस पर्वले आपसी सद्भाव, सामाजिक एकता, शान्ति र सहिष्णुता अभिवृद्धि गर्ने विश्वास व्यक्त गरिएको छ । साथै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इसाई धर्मावलम्बीलाई स्वास्थ्य, सुख, शान्ति र समृद्धिको कामना गरिएको छ। यस्तै, राक्सिराङ गाउँपालिकाले पनि क्रिसमस पर्वको अवसरमा तीन दिन सार्वजनिक बिदाको घोषणा गर्दै पुस १०, ११ र १२ गते गाउँपालिकाअन्तर्गतका सबै सार्वजनिक, सरकारी कार्यालय तथा शैक्षिक संस्थाहरू बन्द रहने जनाएको छ।
राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लद्वारा हस्ताक्षरित सूचनामा क्रिसमस पर्वले सामाजिक सद्भाव, आपसी भाइचारा, सहिष्णुता र सांस्कृतिक एकता कायम गर्न सहयोग पुग्ने उल्लेख गरिएको छ । साथै इसाई धर्मावलम्बी समुदायको उल्लेख्य बसोबास रहेको गाउँपालिकामा पर्वलाई सम्मान गर्दै सार्वजनिक बिदा दिइएको जनाइएको छ ।












प्रतिक्रिया दिनुहोस्