हेटौँडा । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगद्वारा आर्थिक वर्ष २०८१-०८२ का लागि गरिएको कार्यसम्पादन मूल्याङ्कनमा बागमती गाउँपालिकाले ६६.३९ अंक प्राप्त गर्दै मकवानपुर जिल्लाका १० वटा स्थानीय तहहरूमध्ये प्रथम स्थान हासिल गर्न सफल भएको छ ।

सेवा प्रवाह, वित्तीय सुशासन, योजना कार्यान्वयन, पारदर्शिता तथा स्थानीय सरकार सञ्चालनका विभिन्न सूचकहरूका आधारमा गरिएको उक्त मूल्याङ्कनमा बागमती गाउँपालिकाले जिल्लामै उत्कृष्ट प्रदर्शन गर्दै अग्रस्थान सुरक्षित गरेको हो ।

यस महत्वपूर्ण उपलब्धिले बागमती गाउँपालिकामा सुशासन, उत्तरदायित्व र जनमुखी सेवा प्रवाहप्रति गरिएको निरन्तर प्रयास सफल दिशातर्फ उन्मुख रहेको स्पष्ट संकेत गरेको छ ।

उक्त सफलताका लागि बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलान लगायत सम्पूर्ण जनप्रतिनिधि, बागमती गाउपालिका प्रमुख प्रशासकिय अधिकृत ओम बहादुर दर्जी, शाखागत कर्मचारी तथा यस अभियानमा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा योगदान पु¥याउने सम्पूर्ण सरोकारवालाप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गरिएको छ ।

स्थानीय सरकारप्रति जनताको विश्वास अझ मजबुत बनाउँदै आगामी दिनहरूमा अझ प्रभावकारी सेवा प्रवाह, विकास निर्माण र सुशासन कायम राख्ने अध्यक्ष घलानले प्रतिबद्धता व्यक्त गरेको छ ।