हेटौँडा । सहकारी संस्थाहरूबीच अनुभव आदानप्रदान गरी संस्थामा देखिएका समस्याहरूको समाधान खोज्ने उद्देश्यका साथ बुधवार हेटौँडामा अनुभव आदानप्रदान कार्यक्रम सम्पन्न गरिएको छ ।
हेटौँडा–६ चौघडामा रहेको जनकल्याण सहकारी र दोलखामा रहेको जनसचेतन सहकारी संस्थाका पदाधिकारीहरूबीच उक्त अनुभव आदानप्रदान कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा सहकारी क्षेत्रमा देखा परेका समस्या, कर्जा असुली, सामाजिक उत्तरदायित्व, सदस्य परिचालन, निक्षेप संकलन लगायतका विषयमा विस्तृत छलफल गरिएको थियो । त्यसैगरी, राष्ट्रिय सहकारी नियमन प्राधिकरणले हालै जारी गरेको परिपत्र, शेयर लाभांश, ब्याजदर तथा सहकारी संस्थाले आगामी दिनमा अघि बढाउनुपर्ने कार्ययोजनाबारे समेत चर्चा गरिएको थियो ।
कार्यक्रममा जनकल्याण सहकारीका अध्यक्ष हिमाल पौडेल, जनसचेतन सहकारीका अध्यक्ष गोपालध्वज श्रेष्ठ, उपाध्यक्ष श्यामप्रसाद भट्टराई, सचिव रोमबहादुर न्यौपाने, सञ्चालक सदस्य विजय पौडेल, यतिराज दङ्गाल, संस्थापक अध्यक्ष बासुदेव अधिकारी, सल्लाहकार बद्रीबहादुर पाठक, जनसचेतन सहकारीका सहसचिव शिवराम ढकाल, जनकल्याण सहकारीका व्यवस्थापक दिपेन्द्र गौतम तथा सञ्चारकर्मी भीमसेन पौडेललगायतको सहभागिता रहेको थियो ।


भीमसेन पौडेल 









प्रतिक्रिया दिनुहोस्