ललितपुर । राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट ललितपुरको बागमती गाउँपालिका अध्यक्ष पदमा उम्मेदवारी दिएका सानु महर्जनले बागमतीको विकास पहिलो एजेन्डा भएको बताएका छन ।
उनले अनिरुद्र खबर संग कुराकानी गर्दै बागमती गाउँपालिकाको समग्र विकास गरेर जनताको अनुहारमा खुसी झल्कनेगरी काम गर्न उम्मेदवारी दिएको बताए । उनले पालिकाको कोर्स करेक्सन गर्न, ललितपुरमा राजनैतिक शक्ति, बिकास र समृद्धिद्वारा पालिकाको युवा शक्तिलाई गाउँमै उर्जावान र बिकासवान बनाउन, न्याय, निष्ठा र उत्तरदायी जन प्रशासनको प्रबलता र भ्रष्टाचार अन्त्यका लागि उम्मेदवारी दिएको बताए ।
गाउपालिकामा रहेका वडाहरुमा दिगो बिकास, ग्रामिण सडकको निर्मान र ढल सहितको पिच पुर्याउन, योजनागत कार्य अगाडि बढाउन, झोलुङ्गेपुलको निर्माण, पक्की पुल, खानेपानी र सिंचाइको व्यवस्थापन, ईन्टरनेटमा सबैको सहज पहुँच, सार्वजनिक स्थानमा फ्रि वाइफाईको व्यवस्था, परीक्षणका रुपमा भागवद गिताको आधारलाई शिक्षण पद्दतिमा राख्न, पालिकाको स्वास्थ छेत्रमा दिगोपना कायम गर्न उम्मेदवारी दिएको उनले बताए ।
पालिकबाट सिपमुलक तालिम र व्यवसायका लागि ऋणको व्यवस्थापन गर्न, कृषिमा आधुनिकिकरण, बिउ बिजनको व्यवस्था, एक गाउँ एक खेतीको व्यवस्था गरि कृषि क्षेत्रमा पालिकाका सबैलाई जोड्न उम्मेदवारी दिएको उनले बताए ।
राप्रपा बाट बागमती गाउँपालिकाको उपाध्यक्षमा अम्विका न्यौपाने घिमिरेले उम्मेदवारी दिएकी छिन । राप्रपाबाट बागमती गाउँपालिकाको वडा नम्बर ४ प्युटारको वडा अध्यक्षमा राजेन्द्र दाहाल, वडा नम्बर ५ इकुडोलको अध्यक्षमा परमात्मा हुमागाई, वडा सदस्यमा राजेन्द्र घिमिरे र हिरामान स्याङ्तानले उम्मेद्वारी दिएका हुन ।
सानु महर्जनको बागमती गाउँ पालिका घोषणा पत्रको संक्षिप्त अंश
पुर्वाधार : बागमती गाउँपालिकामा रहेका वडाहरुमा दिगो बिकासको अवधारणामा आधारित ग्रामिण सडकको निर्माण र ढल सहितको पिच पुर्याउन योजनागत कार्य अगाडि बढाइन्छ । जहाँ जनसहाभागिता पहिलो सर्त रहनेछ । जहाँ झोलुङ्गेपुलको निर्माण , बिग्रिएका मर्मत सम्भार र पक्की पुलको निर्माण गरर्ने छु ।
खानेपानी र सिंचाइ : बागमती गाउँपालिकामा खानेपानी र सिंचाइको योजनागत रुपमा दिर्घकालिन समाधान गरिनेछ । कारण आजसम्म पनि पानी र सिंचाइको अभाव हुँदा जनताको जन जिविकामा गम्भीर असर भैईरहेको समयमा एक दुई बर्ष भित्रमा खानेपानीको समस्या हल र सिंचाइको व्यवस्था गर्ने छु ।
ईन्टरनेट सन्जाल: बागमती गाउँपालिका व्यवसायिक पालिका भएको हुँदा आजको आधुनिक समाजमा हुर्केका युवा पुस्तालाई ईन्टरनेट सुबिधाबाट बन्चित हुन दिईने छैन । जनताको अवस्था अनुरुप अनुदान र छुटको व्यवस्था मिलाउने छु । सार्वजनिक स्थानमा वाइफाई फ्रि गर्ने छु ।
शिक्षा : बागमती गाउँ पालिकामा रहेका स्कुलहरुमा पुर्विय दर्शन अनुरुपको सिपमुलक शिक्षण पद्दती र आचरण सहितको आजको २१ औ शताब्दी अनुकुलको व्यवसायिक शिक्षाको नियम राखिने छ ।
स्वास्थ :बागमती गाउँपालिकाको स्वास्थ्य क्षेत्रमा विकास गर्ने छु । पालिका लेभलका हस्पिटललाई अत्यधुनिक उपकरण मार्फत सर्जरी र c/ S लेभलको सेवा प्रदान गरि पाटन हस्पिटलको रिप्लेसमेन्ट र पालिकाको स्वास्थ छेत्रमा दिगोपना कायम गरिनेछ न कि थाङ्गसिङ्गटार जस्तो बन्द कोठरी रहन दिइने छैन।स्वास्थ चौकिलाइ PHC( Primary health center ) को रुपमा अपग्रेड गरिन्छ।
उधमशिलता: बागमती गाउँ पालिकामा प्राकृतिक श्रोत हुँदा पनि आज उद्यमशिलता अभावमा गाउँमा निराशा र युवा पलायन तिब्र देखिन्छ । जस्लाई तत्कात रोक्नको निम्ति पालिकबाट सिपमुलक तालिम र लोन फ्री व्यवसायीकरण गर्न पालिका पुर्णत जिम्मेवार हुनेछ । जस्ले गाउँको युवा गाउँमै रोजगारी दिने व्यवस्था मिलाउने छौं ।
कृषि र पर्यटन : बागमती गाउँपालिकामा कृषिमा आधुनिकिकरण, बिउ बिजनको व्यवस्थापन, तालिममा सहजीकरण दिई किसानलाई
खेतिगर्न सहुलियतको व्यवस्था गर्ने, एक गाउँ एक खेती लागू गरिन्छ । नगदे बालिलाई विशेष प्राथमिकता दिईनेछ छ । प्रत्येक वडामा बजारीकरणको व्यवस्था मिलाउने छु ।
प्रतिक्रिया दिनुहोस्