हेटौंडा । नेपाली कांग्रेस निकट पत्रकारहरुको संस्था नेपाल प्रेस युनियनको नवौं महाधिवेशन हेटौंडामा सुरु भएको छ ।

देशभरबाट १६ सय प्रतिनिधि सहभागी रहेको महाधिवेशनको उद्घाट्न प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गरेका हुन् ।

महाधिवेशनमा संस्थापन र इतर समूह प्यानल बनाएरै निर्वाचनमा होमिने भएका छन् । अध्यक्षमा अनिता विन्दु र शिव लम्साल प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन् ।

उदघाटन समारोहपछि सुरु हुने बन्दसत्रमा संस्थाको विधान, महासचिवको प्रतिवेदन, लेखा प्रतिवेदन र आगामी एजेण्डाका विषयमा छलफल हुनेछ ।

महाधिवेशनमा प्रधानमन्त्री शेरबहादुर देउवा, उपसभापति पुर्णबहादुर खड्का, धनराज गुरुङ, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन कुमार थापा, विश्वप्रकाश शर्मा लगाएतको आतिथ्यता रहेको थियो ।