हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नं. ९ मा स्थित सरकारी स्वामित्वमा रहेको हेटौंडा सिमेन्ट उद्योगको अध्यक्ष पदमा गणेश प्रसाद भेटवाललाई सिफारिस गरिएको छ ।
सिफारिस समितिको बैठकले भेटवाललाई हेटौंडा सिमेन्ट उद्योगको अध्यक्षमा सिफारिस गरेको हो ।
हेटौंडा सिमेन्ट उद्योगमा रिक्त रहेको अध्यक्ष पदमा खुला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा नियुक्त गर्ने प्रयोजनका लागि गत असार ३० गते दरखास्त आह्वान गरिएको थियो ।












प्रतिक्रिया दिनुहोस्